PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अफ्रिका कप : अल्जेरिया दोस्रो पटक च्याम्पियन



अफ्रिका कप : अल्जेरिया दोस्रो पटक च्याम्पियन

अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ। इजिप्टमा भएको यस संस्करणको फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरिया च्याम्पियन बनेको हो।

यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि जितेको थियो।

कायरोमा भएको खेलको दोस्रो मिनेटमै बघदाद बोउनेडजाले गरेको गोल अल्जेरियाको जितमा निर्णायक बन्यो।

उता दोस्रो पटक फाइनल पुगेर पनि सेनेगल भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो। दोस्रो हाफमा रेफ्रीले अल्जेरियाली खेलको ह्याण्डबल पछि सेनेगललाई पेनाल्टी प्रदान गरेका थिए। तर भिएआर मार्फत रेफ्रीले उक्त निर्णय उल्टाएपछि सेनेगलले बराबरी गर्ने मौका गुमाएको थियो।

उपाधि जित्न नसकेको सेनेगलले फेयर प्लेको अवार्ड पायो।

प्रतियोगिताभर उतकृष्ट प्रदर्शन गर्दै अल्जेरियालाई च्याम्पियन बनाउन सहयोग गरेका इस्माएल बेनासेर उत्कृष्ट खेलाडी घोषित भए। यस्तै अल्जेरियाकै राइस एम'बोल्ही उत्कृष्ट गोलकिपर चुनिए। नाइजेरियाका ओडिओन ओघालोले प्रतियोगितामा सर्वाधिक ५ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell