PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्योतो एनिमेसन स्टुडियो आक्रमण: मृत्यु हुनेको संख्या ३३ पुग्यो



क्योतो एनिमेसन स्टुडियो आक्रमण: मृत्यु हुनेको संख्या ३३ पुग्यो
फोटो : AFP

क्योतो: जापानको क्योतो शहरमा रहेको क्योतो एनिमेसन स्टुडियोमा लगाइएको आगोमा परि मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

प्रहरीका अनुसार बिहीवार ४१ वर्षीय पुरुषले पेट्रोल छर्केर नियतवश स्टुडियोमा आगो लगाएका थिए। प्रहरीले बिहीवार नै आगो लगाएको आरोपमा सो व्यक्तिलाई पक्राउ गरेको थियो। उनलाई हाल अस्पतालमा लगिएको बताइएको छ।

घटनामा धेरै मानिस घाइते भएका थिए।

जापानका प्रधानमन्त्री सिन्जो आबेले नियतवश लगाइएको आगोका कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका छन्।

दोस्रो विश्व युद्धपछि जापानमा धेरै मानिस मारिएको यो पहिलो घटना भएको बताइएको छ।

क्योतो एनिमेसन स्टुडियोले 'के - अन, दि मेलिकोनी अफ हरुही सुजुमिया' लगायतका प्रख्यात एनिमेसन शोहरु उत्पादन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell