PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्टरनेशनल च्याम्पियन्स कप : वायर्नमाथि आर्सनलको जित



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : वायर्नमाथि आर्सनलको जित

प्रि सिजन अन्तर्ग इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लबले ज्मन क्लब वायर्न म्युनिखलाई पराजित गरेको छ।

लण्डन क्लब आर्सनलले जर्मन बुण्डेशलिगा विजेता वार्यनलाई २-१ ले पराजित गरेको हो। आर्सनलको लागि खेल सकिन दुई मिनेट बाँकी छँदा एडीइ एनकेतिहले विजयी गोल गरे।

पहिलो हाफको खेल बराबीमा सकिएपनि ४९औ मिनेटमा वायर्नका लुई पोजनास्कीले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो। आर्सनलका पिएरे एमरिक ओवामेयाङको क्रम क्लियर गर्दा उनले आफ्नै पोष्टमा बल छिराएका थिए।

७१औँ मिनेटमा रोवर्टो लेवान्डोस्कीले वायर्नका लागि बराबरी गोल फर्काए। तर ८८औं मिनेटमा युवा फरवार्ड एडीईले गोल गरेपछि आर्सनलले २-१ को जित हात पारेको हो।

जितपछि आर्सनलले यस वर्षको इन्टरनेशनल च्याम्पियन्स कपमा ३ अंक जोडेको छ। विश्वका विभिन्न देशका १२ क्लब सहभागि यस प्रिजन टुरको कपमा इटालियन क्लब फियोरेन्टिनाले पनि ३ अंक जोडेको छ। फियोरेन्टिनाले मेक्सिकन क्लब गाडालाजारालाई २-१ ले पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell