PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा, थाहा पाउनुस् विपक्षी टिम



पहिलोपोस्ट

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा, थाहा पाउनुस् विपक्षी टिम

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ।

मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र बाट नेपाल समूह बी मा परेको हो। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्।

ड्र मा एसियाका ४० राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ५-५ टिम छन्।  सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।

समूह ए मा चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन्।

विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुनसम्म सञ्चालन हुनेछ। समूह चरणका खेलहरु २०१९ सेप्टेम्वर ५ देखि २०२० जुन ९ सम्म होम एण्ड अवेको आधारमा सञ्चालन हुनेछ।

दोस्रो चरणको छनोटबाट १२ टिमले विश्वकपको लागि एसियाली क्षेत्रको अन्तिम चरणमा स्थान बनाउने छन्।

दोस्रो चरण छनोटको ८ समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपका पनि स्थान बनाउनेछन्। यस्तै समूह चरणमा प्रतिस्पर्धा गरेका मध्ये उत्कृष्ट १२ बाहेक उत्कृष्ट २४ मा पर्ने टोलीहरुले चीनमा हुने एएसी एसियन कपको लागि छनोट खेल्ने एएफसीले जनाएको छ।

फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।

विश्वकप छनोटमा नेपालले ४ खेल घरेलु मैदान र ४ खेल विदेशमा खेल्नेछ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालमा तयार हुने/ नहुने अन्योल कायम रहँदा नेपालले घरेलु मैदानमा हुने खेल कहाँ खेल्ने टुङ्गो छैन।

 

समूह विभाजन:

समूह ए : चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुआम

समूह बी : अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, कुवेत, नेपाल

समूह सी : इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डी : साउदि अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ई : कतार, ओमान, भारत, अफगानिस्तान, बंगलादेश

समूह एफ : जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया

समूह जी : यूएई, भिएतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एच : दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान, श्रीलंका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell