PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

ने क पाको एकता प्रक्रियाले पायो पूर्णता, विभागको भागबन्डा मिल्यो



पहिलोपोस्ट

ने क पाको एकता प्रक्रियाले पायो पूर्णता, विभागको भागबन्डा मिल्यो
फाइल फोटो

काठमाडौँः प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुंग्याएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए। 

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रूप दिइएको छ। टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेस हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताए। रासस

पढ्नुस्ः- ने क पाको एकता: साँझसम्म टुंगो लाग्ने प्रचण्डको दाबी, दुई अध्यक्षबीच बालुवाटारमा छलफल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell