PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकप पछिको वरीयतामा कोहली र बुमराह शीर्ष स्थानमा कायमै



विश्वकप पछिको वरीयतामा कोहली र बुमराह शीर्ष स्थानमा कायमै

आइसीसी एक दिवसीयक क्रिकेट विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सार्वजनिक गरेको नयाँ वरीयता इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरुले स्थान सुधार गरेका छन्।

नयाँ बरीयता अनुसार भारतीय खेलाडी नै शीर्ष स्थानमा यथावत छन्। तर, भारतविरुद्ध सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको न्यूजिल्याण्डका कप्तान केन विलियमसनले करियरकै उच्च ७९९ अंक प्राप्त गरेका छन्।

विलियमसन दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लेका छन्। उता इंग्ल्याण्डका ज्यासन रोय पहिलोपटक शीर्ष दशमा परेका छन्।

एक दिवसीयको ब्याटिङतर्फ भारतीय टोलीका कप्तान विराट कोहली ८८६ अंकका साथ शीर्ष स्थानमा यथावत छन्।

यस्तै भारतकै रोहित शर्मा दोस्रो, पाकिस्तानका बाबर अजाम तेस्रो, दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिस चौथो र न्यूजिल्याण्डका रोस टेलर पाँचौ स्थानमा छन्।

यस्तै सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध ८५ रन बनाएका ज्यासन रोय १०औं स्थानमा छन्।

इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्स ६९४ अंक जोड्दै शीर्ष २० भित्र परेका छन्।

यसैगरी बलरतर्फ भारतका जसप्रित बुमराह ८०९ अंकका साथ शीर्ष स्थानमा यथावत छन्। न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रो स्थानमा छन्।

दक्षिण अफ्रिकाका कगिसो रबाडा एक स्थान सुधार गर्दै तेस्रोमा पुग्दा अष्ट्रेलियाका प्याट कमिङ चौथोमा झरेका छन्। ६ स्थान सुधार गर्दै इंग्ल्याण्डका क्रिस वोएक्स सातौँ स्थानमा उक्लेका छन् भने ५ स्थान सुधार गरेका न्यूजिल्याण्डका म्याट हेनरी दशौँ स्थानमा उक्लेका छन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका शकिब अल हशन अलराउण्डरतर्फको शीर्ष स्थान यथावत नै छन्। यस्तै बेन स्टोक्स दोस्रो स्थानमा कायक छन्।

पहिलो पटक विश्व च्याम्पियन बनेको इंग्ल्याण्ड टिम वरीयतामा शीर्ष स्थानमै यथावत छ। यस्तै भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ। नेपाल १५औं स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell