PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बागमती नदीको बहाव खतराभन्दा माथिः कमला र कन्काइ सतर्कता तहमा, तराईका जिल्लामा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

बागमती नदीको बहाव खतराभन्दा माथिः कमला र कन्काइ सतर्कता तहमा, तराईका जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौँः निरन्तरको वर्षाको कारण देशका विभिन्न नदीहरुमा जल सतह बढ्ने क्रम जारी छ। जल सतह बढ्दै जाँदा बस्ती जोखिमको सम्भावना पनि बढेको छ।

बाढी पूर्वानुमान शाखाले शुक्रबार बिहान विशेष सूचना जारी गर्दै धनुषा, सिरहा लगायतका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शाखाले जारी गरेको बाढी विशेष सूचना अनुसार बागमती नदीको तराई क्षेत्रमा बहाव खतराभन्दा माथि पुगेको छ। कमला र कन्काइमा बहाव सतर्कता तह नजिक पुगेको छ। यस्तै कोसी नदीमा पनि बहाव सतर्कता तह नजिक पुगिसकेको छ। कमला, कन्काइ तथा कोसीको बहाव बढ्दो रहेको शाखाको भनाई छ।

यस्तै, प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरूमा बहाव सतर्कता माथि पुगिसकेकाले खतरा बढेको भन्दै शाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यो क्रम शनिबारसम्म नै कायम रहने शाखाले जनाएको छ।

यस्तै कमला नदी धनुषा-तितरिया बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र बढ्ने क्रम रहेकोले धनुषा तथा सिराहाका डुबान भइरहने तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन शाखाले आग्रह गरेको छ। शुक्रबार साँझसम्म सचेत रहन शाखाले आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell