PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नयाँ सदस्य सचिव सिलवाल : सिंहदरबारमा सपथ, त्रिपुरेश्वरमा पद बहाली हेर्नुस् १२ फोटोमा

नयाँ सदस्य सचिव सिलवाल : सिंहदरबारमा सपथ, त्रिपुरेश्वरमा पद बहाली हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निर्वतमान सदस्य सचिव केशव कुमार विष्टको चार वर्षे कार्यकाल सकिएको करिब २ सातापछि सोमवालर रमेशल कुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद्का नयाँ सदस्य सचिव नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले सोमवार सिंहदरबारस्थति मन्त्रालयमै सिलवाललाई पद तथा गोपनियताको सपथ दिलाए। लगत्तै सिलवालले त्रिपेश्वरस्थित राखेपको कार्यलयमा पुगेर पद बहाली गरे। निवर्तमान भएका विष्टले नै उनलाई सदस्य सचिवको कुर्चीमा बसाए र आगामी चार वर्षको लागि राम्रो काम गर्न सुशकामना दिँदै आफू बिदा भए।

रराखेपको १८औं सदस्य सचिवको रुपमा सपथ लिएपछि सिलवालले आफू च्यालेन्ज स्वीकार गरेर यो पदमा आएकोले बोलेर भन्दा पनि एक्सन (काम) बाट सबैलाई जवाफ दिने बताए।

आइतवार दिउँसो काठमाडौंको मौसम झरि परिरहेको जस्तो थियो। त्यसैबेला सिलवाल सदस्य सचिवमा नियुक्त भएको हलल्लाले माहोल तताएको थियो। मन्त्रालयबाट आधिकारिक जानकारी नआएपनि सिलवाल नै सदस्य सचिव बन्ने पक्कापक्की थियो।

सोमवार एकै पटक सपथ ग्रहण समारोहसहित उनको नियुक्त गर्ने प्रकिया भित्रभित्रै अगाडि बढिरहेको थियो। दिउँसो ३ बजेको लागि सपथ ग्रहण कार्यक्रम तय गरियो। खेलकुद मन्त्री जगत बहादुर सुनार सँगै सिलवाल पनि मन्त्रालयमा एकै पटक हाजिर भए। त्यसपछि मन्त्रीले सिलवाललाई सदस्य सचिवको पद तथा गोपनियताको सपथ ग्रहण गराए। लगत्तै निवर्तमान भइसकेका केश विष्टले नवनियुक्त सदस्य सचिव सिलवाललई बधाई दिए। यसअघि विरलै यस्तो दृश्य देख्न पाइएको भन्दै विष्टले नयाँ सदस्य सचिवको स्वागतमा निवर्तमान सदस्य सचिव पनि उपस्थित हुनु ऐतिहासिक भएको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell