PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेरो शुभकामना छ, मेरो विरोध गर्न पनि मास्क लगाएर हिँड्नुस्: प्रम ओली



पहिलोपोस्ट

मेरो शुभकामना छ, मेरो विरोध गर्न पनि मास्क लगाएर हिँड्नुस्: प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सरकारको विरोध कै लागि मास्क लगाएर हिँड्न थालेको बताएका छन्।

नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले काठमाडौंमा मास्क लगाउने घटेको भनेपछि मानिसहरुले विरोधीहरुले मास्क लगाएर हिँड्न थालेको बताएका हुन्।

‘मैले भनेको थिएँ, म प्रधानमन्त्री भएका बेला काठमाडौंमा धेरै मान्छेहरु मास्क लगाएर हिँड्थे,’ उनले भने, ‘अहिले काठमाडौंमा धूलो घटेको छ, मास्क लगाउने घटेका छन्। अनि मेरो यही भनाइलाई गलत देखाउन अहिले केही मान्छे मास्क लगाएर हिँड्न थालेका छन्।‘

मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो भएको बताउँदै उनले अगाडि भने, ‘स्वास्थ्यका हिसाबले पनि मास्क लगाउनु राम्रो हो। मेरो शुभकामना छ। सरकारकै विरोधका लागि भएपनि मास्क लगाएर हिँड्नुस्। स्वास्थ्य राम्रो हुन्छ।‘

प्रधानमन्त्रीले सरकारले मिहिनेत गरेर काम गरिरहेको पनि बताए। ‘हामी छोटो समयमै बिजुली बसहरु ल्याउँदै छौं। त्यसले ट्राफिक व्यवस्थापनदेखि धुवाँ धूलो पनि घटाउँछ,’ उनले भने, ‘अब हामीले बाटो फराकिलो बनाउनु पर्नेछ। काठमाडौंका मुल सडकमात्र हैन मुल सडकमा जोडिने साना सडक पनि कालोपत्रे गर्नुपर्छ।‘

काठमाडौंमा धूलो बढी उड्नुको कारणबारे उनले भने, ‘मुल सडक कालोपत्रे भए तर साना सडक कालोपत्रे नहुँदा त्यहीँबाट धूलो आएको छ। त्यसैले सिंगो काठमाडौंलाई कालोपत्रे बनाउनु पर्ने छ। सरकारले यो काम गर्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell