PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुदूरपश्चिम प्रदेशसभा बैठकमा जिन्दावाद र मुर्दावादका नारा, सदन सुचारु गर्ने प्रयास चौथो पटक विफल



एम बम

सुदूरपश्चिम प्रदेशसभा बैठकमा जिन्दावाद र मुर्दावादका नारा, सदन सुचारु गर्ने प्रयास चौथो पटक विफल

कैलाली: सरकारले ल्याएको बजेटमा असहमति जानाउदै आएका प्रतिपक्षी दलले सुदूरपश्चिम प्रदेश बैठकमै नाराबाजी गरेका छन्। प्रदेश सभाको बैठक सुरु भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराउन साथ प्रतिपक्षी सांसदहरूले उठेर रोष्ट्रम अगाडि पुगी नाराबाजी गरेपछि बिहीबारको बैठक पनि अवरुद्ध भएको हो।

यसअघि बैठक सञ्चालन गर्ने तीन प्रयास असफल भइसकेका छन्। सरकारले असार १ गते बजेट ल्याएपछि असार ५ गतेबाट बजेटमाथि छलफलका लागि आह्वान गरिएको बैठक त्यस यता लगातार अवरुद्ध हुँदै आएको छ। ५ गते प्रतिपक्षी सांसदले बैठकमा अवरोध सिर्जना गरी सरकारको रातो किताब जलाएका थिए। त्यसपछि ८ र ११ गते बोलाइएको बैठक अवरोध हुने देखिएपछि सूचना टाँसेर स्थगित गरियो।

बिहीबार पनि सरकारले प्रतिपक्षीसँग निष्कर्षहीनवार्ता गरी सभामुखले बैठक बोलाउन खोजेका थिए। तर प्रतिपक्षीले सदन बैठकमै नाराबाजी गरेपछि प्रदेश सभाको बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

बिहीबार पतिपक्षी सांसदहरूले रोष्टम घेराउ गरी ‘लुटतन्त्र मुर्दावाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद, सुदूरपश्चिमका जनतालाई ठग्न पाइँदैन, अपारदर्शी बजेट चाइँदैन’जस्ता नारा लगाए ।

सरकारले ल्याएको बजेट अपारदर्शी, कार्यकर्तामुखी, भ्रष्टाचार मौलाउने खालको भएको आरोप प्रतिपक्षीले लगाउँदै आएका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरत खड्काले सरकारले अत्यन्त अपारदर्शी र विधि, पद्धति मिचेर बजेट ल्याएको बताए। साथै सांसदमार्फत नभएर आफ्नै निर्वाचन क्षेत्रमा समेत ४०÷५० प्रतिशत कमिसन खाएर सरकारका मन्त्रीले योजना बाँडेको उनको आरोप छ।

प्रतिपक्षीले बजेट संशोधन नभएसम्म सदन चल्न नदिने अडान कायमै राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell