PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्रीन हाउसमा बसाइँ सरे उपराष्ट्रपति पुन



ग्रीन हाउसमा बसाइँ सरे उपराष्ट्रपति पुन

काठमाडौं: उपराष्ट्रपतिको कार्यालय कान्तिपथदेखि लैनचौर सरेको छ। सरकारले समाज कल्याण परिषदको भवनमा उपराष्ट्रपतिको कार्यालय सार्ने निर्णय गरेको थियो। 

यसअघि उपराष्ट्रपतिको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोग रहेको भवनको नजिकै बहादुर भवनमा राखिएको थियो। 

समाज कल्याण परिषदको भवनलाई हरियो रङ लगाएर सजाइएको छ। उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको हो। 

उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत संभारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबारमात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। 

हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ।
 
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो। उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो। अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell