PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप!



टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप!

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी तीन वर्ष अघिदेखि एक अर्कालाई डेट गरिरहेका छन्। तर उनीहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्न रुचाँउदैनन्।
 
यसैबीच उनीहरुको ब्रेकअपका खबरहरु पनि बाहिरिएको छ। हालै पिंकभिलाले टाइगर र दिशाको अफिसियली ब्रेकअप भएको जनाएको छ। उनीहरुको ब्रेकअपको खबरले अहिले भारतीय मिडिया तताएको छ। दुबैको निकटको श्रोत अनुसार पछिल्लो केही हप्तादेखि टाइगर र दिशा कठिन समयबाट गुज्रिरहेका थिए। उनीहरुको सम्बन्धमा खटपट आएकोले गर्दा उनीहरुले एकअर्काको सहमतिमै छुटिने निर्णय लिएका हुन्।
 
टाइगर श्राफ र दिशा पटानीले ‘हिरो पन्थी’, ‘बागी २’ लगायतका फिल्ममा स्क्रिन शेयर गरेका छन्। भारतीय बक्स अफिसमा दिशा पटानी अभिनित फिल्म ‘भारत’ ले आक्रमक व्यापार गरेसँगै उनी अर्को फिल्म ‘मलंग’ मा काम गर्दैछिन्  भने टाइगर श्राफ नयाँ फिल्म ‘फाइटर’ मा काम गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell