PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बेट अवार्ड २०१९: निप्सी हसललाई मरोणोपरान्त 'ह्युम्यानिटेरियन अवार्ड'



पहिलोपोस्ट

बेट अवार्ड २०१९: निप्सी हसललाई मरोणोपरान्त 'ह्युम्यानिटेरियन अवार्ड'

बेट अवार्ड २०१९ भएको छ। ब्ल्याक इन्टर्टेन्मेन्ट टेलिभिजनको आयोजनामा हुने यस समारोहमा अफ्रिकन अमेरिकन र अन्य अमेरिकन अल्पसंख्यक कलाकार, संगीतकर्मी, खेलाडी लगायतको सहभागिता रहन्छ।

यो वर्षको अवार्ड कार्यक्रम अमेरिकाको लस एन्जेलसमा आइतबार राती सम्पन्न भयो। समारोहमा अधिकांश पप र र्‍याप संगीतकर्मीको उपस्थिति थियो।

अमेरिकन र्‍यापर निप्सी हसललाई सम्मान तथा श्रद्धाञ्जली समारोहको केन्द्रमा थियो। सामाजिक अभियान्ता समेत रहेका उनको गत मार्च ३१ मा गोली हानी हत्या गरिएको थियो। बेट नेटवर्कका अध्यक्ष स्कट एम मिल्सले हसललाई श्रद्धाञ्जली मन्तव्य दिंदै भने,'उनले हाम्रो समुदायको लागि पुर्‍याएको योगदान अविष्मरणीय रहनेछ।' 

आयोजकले उनको सम्मान स्वरुप 'ह्युम्यानिटेरियन अवार्ड' प्रदान गरेको अल जजिराले जनाएको छ। 

फोटो: फर्च्युन

यस्तो छ अवार्ड कार्यक्रममा घोषित विविध विधाका विजेता सूची:

उत्कृष्ट भिडियो: दिस इज अमेरिका (चाइल्डिस ग्याम्बिनो)

उत्कृष्ट महिला पप कलाकार: बियोन्सी 

उत्कृष्ट पुरुष पप कलाकार: ब्रुनो मार्स

उत्कृष्ट महिला हिपहप कलाकार: कार्टी बी

उत्कृष्ट पुरुष हिपहप कलाकार: निप्से हसल

उत्कृष्ट नव कलाकार: लिल बेबी

उत्कृष्ट समूह: मिगोस

उत्कृष्ट सहकार्य: ट्राभिस स्कट फिट् ड्रेक

उत्कृष्ट एल्बम: कार्डी बीको इभासन अफ प्राइभेसी 

भ्युअर्स च्वाइस अवार्ड: एला माइ

लाइफ टाइम अचिभमेन्ट अवार्ड: म्यारी जे ब्लिग

ह्युम्यानिटेरियन अवार्ड: निप्सी हसल

अल्टिमेट आइकन अवार्ड: टाइलर पेरी

इन्सपिरेसनल अवार्ड: ब्लेसिङ मी अगेन

उत्कृष्ट अभिनेत्री: रेगिना किङ

उत्कृष्ट अभिनेता: मिसेल बी जोर्डन

उत्कृष्ट फिल्म: ब्ल्याकल्यान्सम्यान  

उत्कृष्ट भिडियो निर्देशक: करेना इभान्‍स

उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेता: ब्रुना ब्वाइ

उत्कृष्ट अन्तर्राष्ट्रिय नव अभिनेत्री : सो म्याडजोइ 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell