PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘कबिर सिंह’ बन्यो शाहिदको करियरकै सबैभन्दा ठुलो ओपनिङ फिल्म



‘कबिर सिंह’ बन्यो शाहिदको करियरकै सबैभन्दा ठुलो ओपनिङ फिल्म

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबिर सिंह’ ले भारतीय बक्स अफिसमा सुखद ओपनिङ गरेको छ। फिल्ममा अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा छन्।

कबिर सिंहले घरेलु बक्स अफिसमा भारु २० करोड २१ लाख ग्रस कलेक्सन गर्दै सुखद ओपनिङ गरेको छ। फिल्म ट्रेन्ड एनालिस्ट तरण आर्दशले ट्वीटरमार्फत उक्त जानकारी दिएका हुन्। तरणले लेखेका छन् ‘कबिर सिंहको पहिलो दिनको कमाइ शान्दार रह्यो। यो फिल्म शाहिदको करियरकै सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म साबित भएको छ। यसअघि शाहिद अभिनित फिल्म ‘पद्यावत’ ले पहिलो दिनमा १९ करोड कमाइ गरेको थियो। ‘कबिर सिंह’ ले फिल्म ‘टोटल धमाल’ को रेकर्ड तोडेको छ। टोटल धमालले पहिलो दिनमा १६ करोडको कमाइ गरेको थियो भने कबिर सिंहले पहिलो दिनमा २० करोड कमाएको छ।

यो फिल्म २०१७ मा रिलिज भएको तेलुगुृ फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो। कबिर सिंहले दर्शक, समीक्षक र फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell