PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री निवासमा ने क पा सचिवालय बैठक बस्दै



प्रधानमन्त्री निवासमा ने क पा सचिवालय बैठक बस्दै
फाइल फोटो

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  आज दिउँसो ३:०० बजे सचिवालय बैठक बस्ने भएको छ। 

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। 

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र  कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। 

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटकपटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन। नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ। यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell