PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्वनाममा शुरु भयो नाट्य महोत्सव



सर्वनाममा शुरु भयो नाट्य महोत्सव

काठमाडौं: नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि राष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ।

उद्घाटनमा नाटक ‘पम्पा फूल’ मञ्चन गरियो। महोत्सवमा ‘ईश्वरलाई चिठी’, ‘जीवैमामा गीतिनाटक’, ‘घरभित्रको अर्को घर’, ‘अमरसिंहको खोजिमा’, ‘विकास भर्सेस निकास’ र ‘कजरी’ मञ्चन हुनेछन्। देशभरबाट खुल्ला प्रतिस्पर्धाबाट आएका नाटक चयन गरिएको र सातै प्रदेशका नाटक समेट्ने प्रयास गरिएको प्रतिष्ठानकी नाट्य विभाग प्रमुख निशा शर्माले बताइन्।

महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवसले संयुक्त रुपमा उद्घाटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell