PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित



प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले व्यवस्थापिका संसदमा अवरुद्ध गरेको छ। प्रधानमन्त्रीको सम्वोधन भन्दा अगाडि आफूहरुले बोल्न पाउनुपर्ने माग सगै संसद अवरुद्ध गरेको हो।

संसद बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न रोष्ट्रममा बोलाएका थिए। लगत्तै प्रतिपक्षी दलका सांसदहरुले रोष्ट्रम घेरेर नारावाजी गरे। उनीहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दै नारावाजी गरिरहे। सभामुख महराले प्रधानमन्त्री ओलीलाई पहिले सुन्न आग्रह गर्दै प्रतिपक्षीलाई पनि विचार राख्न समय दिने बताएपनि प्रतिपक्षीले नाराबाजी जारी राखे। 

अवरोध भएपछि सभामुख कृष्णबहादुर महराले बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयकबारे आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधनका लागि समय लिएका थिए। बिहान ११ बजेको बैठकमा प्रधानमन्त्रीले समय व्यवस्थापनका लागि सभामुखसँग परामर्श गरेका थिए।

सोमबार प्रधानमन्त्रीले विधेयकबारे विभागीय मन्त्रीसँगै उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् तथा स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell