PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालुवाटारमा गुठी सम्बन्धी विधेयकमा छलफल जारी



बालुवाटारमा गुठी सम्बन्धी विधेयकमा छलफल जारी

काठमाडौं: गुठी सम्बन्धी विधेयकका विषयमा विवाद र आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओली छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीले आज दिउँसो उपत्यका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा उपत्यकाका संघीय सांसदका सदस्यहरु प्रदेशसभाका सदस्यहरु तथा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
  
गुठी सम्बन्धी विधेयक विरुद्ध प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले निरन्तर रुपमा संसदमा आवाज उठाइरहेको छ। साथै सत्तारुढ दलका सांसदहरु पनि पक्ष विपक्षमा विभाजित भएका छन्।
 
साथै गुठी सम्बन्धी विधेयकले उपत्याको धर्म संस्कृति तथा सम्पदामाथि प्रहार गरिएको भन्दै गुठियारहरु निरन्तर रुपमा आन्दोलनमा छन्।
 
बैशाख १७ गते सरकारका तर्फबाट भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ राष्ट्रियसभामा दर्ता गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell