PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सस्तोमा डलर साट्दै हुनुहुन्छ? लुटिनु होला है!



पहिलोपोस्ट

सस्तोमा डलर साट्दै हुनुहुन्छ? लुटिनु होला है!

काठमाडौँः डलरको लोभ देखाएर ठगी तथा लुटपाट गर्ने समूह सक्रिय भएको भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम राज सुवेदीले डलरको कारोबार गर्दा सचेत र वैध रुपमा गर्न आग्रह गरेका छन्।

परिसरको टोलीले आइतबार मात्र डलर भन्दै ठगी तथा लुटपाट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भएका जीतबहादुर तामाङ र रामबहादुर तामाङ रहेका छन्। उनीहरूले विभिन्न व्यक्तिलाई सस्तो दरमा डलर साट्ने भन्दै एकान्तमा बोलाएर लुट्ने तथा ठगी गर्ने गरेको प्रहरीको दाबी छ। ‘सस्तो डलर दिन्छु भन्दै जंगलमा वा एकान्तमा बोलाउँछन्। कसैलाई लुट्छन् त कसैलाई कागज भरिएको बिटो दिएर ठगी गर्छन्‘ एसएसपी सुवेदीले भने।

उनीहरूले अहिलेसम्म थालीबाट ७ लाख, कपनबाट ७ लाख र साँगाबाट १५ लाख रुपैयाँ ठगी गरेको फेला परेको छ। ‘यो त अहिलेसम्म पीडितले दिएको जानकारी मात्र हो। हाम्रो अनुसन्धानमा अझै धेरै लुटिएको वा ठगिएको भन्ने देखिन्छ‘ सुवेदीले भने।

उनीहरू एकै परिवारका हुन्। तामाङका श्रीमती र अन्य परिवारका सदस्य समेत ठगीमा संलग्न भएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell