PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्वकप क्रिकेट : दुई अपराजित टोली भारत र न्यूजिल्याण्ड भिड्दै



पहिलोपोस्ट

विश्वकप क्रिकेट : दुई अपराजित टोली भारत र न्यूजिल्याण्ड भिड्दै

न्यूजिल्याण्ड र भारत आइसीसी विश्वकप क्रिकेट २०१९ को दुई मात्र अपराजित टोली हुन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा यी दुई टोलीले खेलेका सबै खेल जितेका छन्। लगातार तीन खेल जित्दै कीवी टोली ६ अंकका साथ शीर्ष स्थानमा छ।

उता लगातार दुई खेल जितेको भारतको ४ अंक छ। आयोजक इंग्ल्याण्ड समान अंक भएपनि भारत रनरेटमा पछि छ र चौथो स्थानमा छ। ६ अंक नै रहेको साविक विजेता अष्ट्रेलिया दोस्रो स्थानमा छ।

न्यूजिल्याण्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई पराजित गरेको हो। उता भारतले भने यस पटक सुरुमै बलिया टिमविरुद्ध खेलेको थियो।

भारतले दक्षिण अप्रिका र अष्ट्रेलियालाई पराजित गरेको हो।

भारत त्यो जित यात्रालाई निरन्तरता दिने योजनामा छ। न्यूजिल्याण्डको लागि भारत विरुद्धको खेलमा परिक्षा हुनेछ। यसअघि कमजोर टिमसँग खेलेकोले पनि न्यूजिल्याण्डको असली परिक्षा भारत विरुद्धको खेलमा हुनेछ।

तर भारतलाई ओपनर शिखर धवनको चोटले सताएको छ। चोटका कारण करिब ३ साताको लागि विश्वकपबाट बाहिरिएका धवनको अनुपस्थितीले भारतलाई केही गाह्रो पर्न सक्छ। तर शधवनको सट्टा लोकेश राहुलले रोहित शर्मासँग ओपनिङ गर्ने सम्भावना छ। यसअघि राहुलले पहिलो खेलमा चौथो र दोस्रो खेलमा छैटौँ स्थानमा ब्याटिङ गरेका थिए। राहुलले ओपनिङ गरेका दिनेश कार्तिक वा विजय शंकर मध्ये एक खेलाडीले चौथो स्थानमा ब्याटिङ गर्नेछन्।

उता केन विलियमसनको नेतृत्वमा रहेको न्यूजिल्याण्डको ब्याटिङको असली परिक्षा हुन बााकी छ। तर फास्ट बलरहरु म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसनले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

भारत र न्यूजिल्याण्डबीचको खेल आज दिउँसो नेपाली समयअनुसार ३:१५ बजे नटिङहममा सुरु हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell