PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विजयश्वरीको हत्या गरेर इन्डियातिर फरार देवीरमन प्रहरीको फन्दामा



सविन ढकाल

विजयश्वरीको हत्या गरेर इन्डियातिर फरार देवीरमन प्रहरीको फन्दामा

काठमाडौं : भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतीको हत्यामा संलग्न देवीरमन अधिकारीलाई प्रहरीले रुपन्देही जिल्लाको सीमावर्ती क्षेत्र बेहलियाबाट पक्राउ गरेको छ। २०५७ असार ८ गते ३३ वर्षीया प्रजापतीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पर्साको जिल्ला बन अधिकृत हुँदा तुल्सीभक्त प्रजापतीले त्यहीँ करारमा कार्यरत अधिकारीलाई आफ्नो सरुवासँगै घरेलु कामदारका रुपमा ल्याएका थिए।

घरेलु कामदारका रुपमा सात महिना काम गरेपछि अधिकारीले विजयश्वरीसँग तलब बापतको ११ हजार रुपैयाँ मागेका थिए। उक्त रकम नदिएको झोकमा हत्या गरेर फरार रहेका थिए।

हत्यापछि घरमा रहेका नगद र गरगहनासहित अधिकारी फरार भएका थिए। रक्सौल हुँदै बनारस, त्यसपछि महाराष्ट्रको पुणे हुँदै मुम्बईमा छद्म नाममा परिचयपत्र बनाएर बसेका थिए उनी।

यसबीच ४ पटक नेपाल आए पनि प्रहरीलाई सजिलै छल्दै आएका उनलाई आइतबार भने नेपाल भारत सीमा नजिकैकै बेलहियाबाट प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। पक्राउ परेका अधिकारीलाई महानगरीय प्रहरी वृत्त जगातीलाई कानुनी कारवाही अगाडि बढाउन जिम्मा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell