PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए



पहिलोपोस्ट

लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए

काठमाडौः प्रहरीले एक जना लुटेरालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले काका भनिने छिरिङ तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रहरीले फरार रहेका तामाङलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली समेत प्रहार गरेको छ। प्रहरीले सोही समुहका अन्य चार जनालाई  समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धराने भनिने नितेस तामाङ, मुन्द्रे भनिने अजय ध्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाई र जिग्री भनिने भिमराज थिङ रहेका छन्।

प्रहरीले उनीहरूलाई जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए।

संलग्न घटनाहरु:

जेठ ४ गते गते दिउँसो जोरपाटीस्थित बुद्धराम सुनारले संचालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलबाट ८० हजार रुपैयाँ लुटपाट गरेको।

जेठ ३ गते गते बिहान १० बजेर ४५ मिनेटमा ललितपुर ईमाडोलस्थित कृष्णमन्दिर नजिक सुरेशराज शर्माले संचालन गरेको असन इन्भेष्टमेन्टबाट १ लाख रुपैयाँ लिइ फरार।

गत चैतमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ५ स्थित रवि श्रेष्ठले संचालन गरेको पाथिभरा मनि ट्रान्सफर सेन्टरमा हातहतियार देखाएर ३ लाख ५० हजार रुपैयाँ लिएर फरार।

गत माघ १४ गते गते बिहान चाबहिल ७ स्थित रामप्रसाद तिवारीले संचालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हातहतियार खुकुरीसहित प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिएको। त्यहाँ नगद लुटपाट गर्ने प्रयास असफल रहेपछि फरार रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell