PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अपडेट: कैलाली र कञ्चनपुरमा हावाहुरी, कैलालीमा २ जनाको मृत्यु

अपडेट: कैलाली र कञ्चनपुरमा हावाहुरी, कैलालीमा २ जनाको मृत्यु

एम बम/पहिलोपोस्ट


कैलाली: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको आँधीहुरीले निकै क्षति पुर्‍याएको बताइए पनि पूर्ण विवरण आएको छैन।

हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ। त्यस्तै घाइते ७६ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीपले जानकारी दिए।

हावाहुरीका कारण टिकापुर २ का लहानु डंगाैराको कुखुरा फार्मको पर्खाल भत्किँदा च्यापिएर मृत्यु भएको हो। त्यस्तै गोदावरी नगरपालिका ४ का वीरबहादुर चाैधरीको हावाहुरीबेला मोटरसाइकल चलाउने क्रममा ट्रिपरमा ठोक्किएर मृत्यु भएको ठोक्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक गिरीले जानकारी दिए। 

यता गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले भने हावाहुरीका कारण एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ। घटनामा ९९ जना घाइते भएका भएका छन्। घाइतेमध्ये १८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको केन्द्रले जनाएको छ। सामान्य घाइते  ८१ जना उपचार पश्चात् घर फर्किसकेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell