PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको घातक बलिङमा एपीएफको इनिङ्स ध्वस्त, ४१ रनमै अलआउट



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको घातक बलिङमा एपीएफको इनिङ्स ध्वस्त, ४१ रनमै अलआउट

काठमाडौँ : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ खेलिरहेका छन्।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पुलिसका बलरले घातक बलिङ गरेपछि एपीएफको इनिङ्स ध्वस्त भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसको बलिङ सामु टिक्न नसक्दा २२.१ ओभरमा ४१ रनमै अलआउट भयो।

एपीएफका शरद भेषावकर र पृथु बास्कोटाले ७-७ रन बनाए। त्यो नै एपीएफका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो। साविक विजेता समेत रहेको एपीएफले सेमिफाइनलमा भने त्यो अनुसारको ब्याटिङ गर्न सकेन।

एपीएफलाई अलआउट गर्ने क्रममा पुलिसका कुशल भुर्तेल, सागर ढकाल र ललित नारायण राजंशीले शानदार बलिङ गरे। यी तीन खेलाडीले १० विकेट लिए।

ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र सागर ढकालले ३-३ विकेट लिए। कुशलले ५ ओभरमा १ मेड राख्दै ७ रन खर्चेर ३ विकेट लिए। सागरले ८.१ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell