PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुडानमा सेनाविरुद्ध आन्दोलन चर्किँदै, वार्ता प्रस्ताव प्रदर्शनकारीद्वारा अस्वीकार



सुडानमा सेनाविरुद्ध आन्दोलन चर्किँदै, वार्ता प्रस्ताव प्रदर्शनकारीद्वारा अस्वीकार
फोटो: REUTERS

खार्तुम: सुडानमा सैनिक शासनको अन्त्य गर्दै नागरिक शासनको मागसहित विगत दुई महिनादेखि भइरहेको आन्दोलनका क्रममा १०० जनाभन्दा बढीको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ।  

प्रदर्शनकारीहरुको मृत्युको संख्या बढ्दै गर्दा सेनाले वार्ताका लागि गरेको प्रस्ताव प्रदर्शनकारीले अस्वीकार गरेको बताइएको छ।

सोमबार सैनिक मुख्यालय बाहिर धर्नामा बसिरहेका प्रदर्शनकारीहरुमाथि बल प्रयोग गरेपछि आलोचित बनेको सेनाले मंगलबार विपक्षी गठबन्धनसँग गरेको सबै सम्झौता रद्द गर्दै ९ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको थियो।

सोमबारको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो। नाइल नदीबाट ४० वटा भन्दा बढी शव तानेर प्यारामिलिटिरि फोर्सले लगेको खुलेपछि विपक्षी आक्रशित भएको बताइएको छ।  

अप्रिलमा राष्ट्रपति ओमर अल बसिरलाई सेनाले पदच्यूत गरेको थियो। त्यसपछि सेनाले आगामी तीन वर्षसम्म सैन्य परिषद्को नेतृत्वमा सरकार चल्ने घोषणा गरेपछि प्रदर्शन चर्किएको थियो।

सैन्य परिषद्का प्रमुख जेनरल अबदेल फट्टाह अल बुरहनले ९ महिनामा क्षेत्रीय र अन्तर्राष्ट्रिय निगरानीमा निर्वाचन गराउने घोषणा गरेका थिए।

तर खार्तुम लगायतका शहरमा सेनाविरुद्ध प्रदर्शन रोकिएको छैन।

धर्नामा बसिरहेका नागरिकहरुको 'आमहत्या' गरेको भन्दै  सैन्य परिषदलाई असफल बनाउन सेनाले वार्ताका लागि गरेको प्रस्ताव प्रदर्शनकारीहरुले अस्वीकार गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell