PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्रम्पको बेलायत यात्रा : स्वागत कम, विरोध बढी



ट्रम्पको बेलायत यात्रा : स्वागत कम, विरोध बढी
फोटो: REUTERS/ GETTY IMAGE

लन्डन:  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाल बेलालयतको राजकीय भ्रमणमा छन्। बेलायतको लन्डन पुग्नुअघि उनले लन्डन शहरका मेयर सदिक खानविरुद्ध ट्वीट गरे।

खानले अमेरिकी राष्ट्रपतिलाई बेलायतले रातो कार्पेट बिछ्याएर स्वागत गर्न नहुने प्रतिक्रिया दिएपछि ट्रम्प उनीविरुद्ध खनिएका थिए। बेलायत आउनुअघि ट्रम्पले 'अमेरिकी राष्ट्रपतिको भ्रमणका क्रममा सदिक खानले मुर्खतापूर्ण व्यवहार गरेको' बताएका थिए।

ट्रम्पले लन्डन उत्रनु अघि विरोध गरेपछि मेयर सदिकले पनि ट्रम्पलाई उत्तर दिएका छन्। सदिकले ट्रम्पले ११ वर्षिय बच्चा जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन्।

यी दुई नेताबीच ट्वीटरमा पहिलैदेखि नै वाक युद्ध चलिरहन्थ्यो।

मेयरका विरोधबीच ट्रम्पले बेलायत भ्रमणका क्रममा बेलायती महारानी एलिजावेथका साथै राजपरिवारका सदस्यहरु र प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरिसकेका छन्।

रातो कार्पेट बिछ्याएरै स्वागत पाएका ट्रम्पले यसपटक सदिकबाहेक धेरैले ट्रम्पको भ्रमणको विरोध गरिरहेका छन्। विभिन्न सडकमा ट्रम्प विरोधी नाराहरु लेखिएका ब्यानरहरु टांगिएका छन् भने विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ।  लन्डनमा ट्रम्पलाई बच्चा बनाएर बेलुन उडाइएको छ। 

ट्रम्पले जलवायु सम्बन्ध पेरिस सम्झौताबाट अमेरिका एकपक्षीय रुपमा बाहिरिने गरेको निर्णय र शरणार्थी र आप्रवसीप्रति ट्रम्प सरकारको निर्णय विरुद्ध बेलायतमा ट्रम्प विरोधी प्रदर्शन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell