PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

धरहरा पुनर्निर्माणका लागि १ अर्ब विनियोजन, बन्ला त दुई वर्षमै?



पहिलोपोस्ट

धरहरा पुनर्निर्माणका लागि १ अर्ब विनियोजन, बन्ला त दुई वर्षमै?

काठमाडौं : सरकारले धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैया विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले गत वर्ष सुरु भएको धरहरा पुनर्निर्माण तीन वर्षमा सकाउने लक्ष्य लिएको जनाए।

२०७५/७६ को बजेटमा पनि अर्थ मन्त्री खतिवडाले ३ वर्ष भित्र नै धरहरा पुनर्निर्माण गर्ने लक्ष्य प्रस्तुत गरेका थिए। तर, हालसम्म धरहरा पुनर्निर्माणको १५ प्रतिशत मात्रै कार्य सकिएको छ। केही साता अघि मात्रै धरहरा पुनर्निर्माणमा महत्वपूर्ण मानिएको 'राफ्ट फाउन्डेसन' निर्माण कार्य सुरु भएको थियो। 

२०७२ सालमा ' मेरो धरहरा म आफैं बनाउँछु' भन्ने नारासहित तीन वर्षमा सकिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले नै धरहरा पुनर्निर्माणको कार्य सुरु गरेका थिए। पुनर्निर्माणमा सहयोग गर्न बैंक खातासमेत संचालन गरिएको थियो। प्रधानमन्त्री ओलीको आह्वानसँगै केही समय पैसा जम्मा त भयो तर त्यसले निरन्तरता पाउन सकेन। प्रधानमन्त्री ओलीले एक महिनाको तलब दिएर सुरु गरेको उक्त कोषमा २०७५ साल मंसिरसम्म करिब २४ करोड रुपैयाँ मात्रै रहेको जम्मा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको थियो। सो खातामा केही वर्ष यता पैसा नै जम्मा हुन छाडेको प्राधिकरणले जनाएको थियो।

त्यसपछि विभिन्न प्राविधिक कार्यले धरहरा पुनर्निर्माण कार्य सुरु हुन सकेको थिएन। ओली फेरि प्रधानमन्त्री भएपछि गत वर्ष धरहरा पुनर्निर्माण कार्यको सुरु भएको थियो। विगत दुई वर्षदेखि निष्क्रिय रहेको उक्त कोष फेरि सुरु गर्ने तयारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको जनाएको थियो।

२२ तल्ले धरहरा पुनर्निर्माणका लागि करिब ३ अर्ब ४२ करोड खर्च लाग्ने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell