PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकै समय दुई स्थानमा विस्फोट, तीनको मृत्यु : नियोजित कि दुर्घटना?



सविन ढकाल

एकै समय दुई स्थानमा विस्फोट, तीनको मृत्यु : नियोजित कि दुर्घटना?

काठमाडौः आइतवार दिउँसो सुकेधारास्थित ढलाने पुल नजिकै रहेको कपाल काट्ने सैलुन र घट्टेकुलोस्थित एउटा घरभित्र लगभग एकै समयमा विस्फोट भयो।

राति ८ बजे यो समाचार तयार पार्दासम्म तीन जनाको ज्यान गुमिसकेको छ। तर घटना कसरी भयो? कसले गरायो? अहिलेसम्म  खुल्न सकेको छैन।

दिउँसो करिब सवा ४ बजेतिर सुरुमा सुकेधारामा भएको विस्फोट सामाजिक सञ्जालका कारण छिट्टै फैलियो। लगभग उही समयमा  करिव पाँच किलोमिटरको दूरीमा रहेको घट्टेकुलोमा पनि विस्फोट भएको थियो।

दुवै ठाउँमा एक-एक गरी दुई जनाको घटनास्थलमा नै मृत्यु भयो। अहिलेसम्म मृत्यु हुनेको पहिचान समेत हुन सकेको छैन।

सुकेधारामा जिपकुमार ठाकुरको सैलुनमा विस्फोट भएको थियो। तीन जना घाइते ठाकुरसहित हरि खड्का र सुरेन्द्र महर्जनको पहिचान खुलेको छ।

घट्टेकुलोमा दुई तले घरको भूइँतलामा भएको विस्फोटमा घाइतेमध्ये रवीन केसीको पहिचान खुलेको छ। हाल वीर अस्पतालमा उपचार भइरहेका केसी त्रिचन्द्र कलेजका नेत्रविक्रम चन्द विप्लवको पार्टीको भ्रातृ संगठनका विद्यार्थी नेता भएको प्रहरीले जनाएको छ।

विद्यार्थी नेता केसी घाइते हुनु र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएपछि प्रहरीको अनुसन्धान अहिले उतै सोझिएको छ। तर अनुत्तरित प्रश्नहरु छन्-

आफ्नै कार्यकर्ता घाइते हुने गरी किन विस्फोट भयो त?

मानौं प्राविधिक गडबडी भयो। तर के सुकेधारामा पनि भएको त्यही हो त? दुई ठाँउमा नै सँगै विस्फोट हुनुलाई संयोग मान्न सकिन्छ ?

विस्फोट भएको स्थान निजी कोठा र सैलुन रहेका छन्। विस्फोट गराउनका लागि किन निजी कोठा र घर टार्गेट?

यो दुर्घटना हो कि नियोजित घटना?

'घटना हेर्दा नियोजित देखिन्छ। प्राविधिक गडबडी हुनसक्ला तर नियत विस्फोट गराउनु देखियो।' महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रतिबन्धित नेकपाको आन्दोलनको कार्यक्रम अनुसारको सुरक्षा तयारी गरिएको दावी गरे।

तर एकै समयमा दुई स्थानमा सर्वसाधारणको ज्यानै जाने गरी भएको विस्फोटले प्रहरीको सुरक्षा रणनीतिलाई गिज्याइरहेको छ।

सम्बन्धित समाचार

काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु

फोटोमा सुकेधारा विस्फोटस्थल

घट्टेकुलोमा पनि विस्फोट, दुई जना घाइते

सुकेधारामा विस्फोट, '६ जना घाइते'

घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

'सुकेधारा र अनामनगर विस्फोट' दुर्घटना होइन, नियोजित : प्रहरी

अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'

घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell