PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

दिलिप र कुशलको अर्धशतक अनी आरिफ र ललितको बलिङले जितायो पुलिसलाई, सुदल पोखरेलको ५ विकेट छायामा



पहिलोपोस्ट

दिलिप र कुशलको अर्धशतक अनी आरिफ र ललितको बलिङले जितायो पुलिसलाई, सुदल पोखरेलको ५ विकेट छायामा

काठमाडौँ : दिपक नाथ र कुशल भुर्तेलको अर्धशतक अनी आरिफ शेख र ललित राजवंशीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपाल पुलिसले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताअन्तर्गत मुलपानी क्रिकेट मैदानमा खेलाइएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो। दिलिप र कुशलले शतकिय साझेदारी गर्दा बलिङमा आरिफले ४ र ललितले ३ विकेट लिए।

टिमको स्कोर २२ रन हुँदा ५ विकेट गुमाएको पुलिसको इनिङ्स दिलिप र कुशलले शतकिय साझेदारी गर्दै उकासेका थिए। यी दुईले छैटौँ विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए।

४१ ओभर मात्र क्रिजमा टिकेको पुलिसले यी दुईको उत्कृष्ट ब्याटिङ मद्दतमा १८५ रन बनाएको थियो। पुलिसको लागि दिलिपले ७२ र कुशलले ६२ रन बनाए। दिलिपले ८४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै कुशलले ७७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे।

पुलिसका बाँकी ९ खेलाडीले भने दोहोरो अंक समेत छुन सकेनन्।

मुलपानी मैदानमा म्याट राखेर खेलाइएको खेलको पहिलो ओभरको पहिलो बलमै सुदल पोखरलेलले अनिल शाहलाई आउट गर्दै कर्णालीलाई शानदार सुरुवात दिलाएका थिए। त्यसपछि सुदलले पुलिसका पवन सर्राफ, अमित श्रेष्ठ, दिपेन्द्र सिंह भरी र आरिफ शेखलाई आउट गर्दै ५ विकेट झारेका थिए। तर त्यसपछि भने दिलिप र कुशलले शानदार ब्याटिङ गरे।

सुदल पोखरेलले ७ ओभरमा २ मेडन राख्दै १६ रन मात्र खर्चेर ५ विकेट लिए। दिवन पुनले २ विकेट लिए।

बलिङ राम्रो गरेपनि कर्णालीले ब्याटिङ राम्रो गर्न नसक्दा पुलिसले दिएको लक्ष्य भेट्न सकेन। पुलिसका बलरको घातक बलिङ सामु टिक्न नसकेको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा अलआउट भयो। कर्णालीका लागि सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंङ्क छुन सकेनन्। कर्णालीका तीन खेलाडी शुन्यमा आउट भएका थिए।

कर्णालीलाई अलआउट गर्न पुलिसका आरिफ शेखले १० ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै २० रन खर्चेर ४ विकेट लिए। यस्तै ललित नारायण राजवंशीले ३ ओभरमा ७ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै सागर ढकाल, पवन सर्राफ र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell