PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित
आर्मीका खेलाडी रन लिँदै, फाइल फोटो

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मा लगातार दोस्रो जित हात पारेको छ।

प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा आइतवार भएको समूह बी को खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ११३ रनले पराजित गरेको छ। यसअघि आर्मीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियौ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो। आर्मीको लागि राजेश पुलामी मगरले सर्वाधिक ५६ रन बनाए। यस्तै हरि बहादुर चौहानले ४१, विनोद भण्डारीले ३० तथा करण केसीले २६ रन जोडे।

प्रदेश १ कन दिपेश कँडेलले ३ तथा सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले २-२ लिए।

२०५ रनको लक्ष्य पछ्याएको प्रदेश एक २६.५ ओभरमा ९१ रनमै अलआउट भयो। राजन मगरले २६, मुकुन्द यादवले १८ तथा रवी रोएले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश १ लाई अलआउट गर्न आर्मीका सुशन भारीले ५.५ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। यस्तै करण केसीले ७ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिए। सुशनले ह्याट्रिक विकेट लिएका हुन्। सुशनले २७औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्।।

ब्याटिङमा २६ रन समेत बनाएका करण केसी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

यस्तै अर्धशतक बनाएका राजेश पुलामी मगर म्यान अफ दि म्याच घोषित भए।

आर्मीले अब मंगलवार कर्णाली प्रदेशसँग तेस्रो खेल खेल्नेछ।

यस्तै मुलपानी मैदानमा भएको यसै समूहको अर्को खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको छ। पुलिसको यो पहिलो जित हो।

समूह बी मा बर्मी दुई जितबाट ४ अंकसहित शीर्ष स्थानमा छ। एक खेलबाट २ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell