PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

परिणाम पूरा नआउँदै प्रम ओलीको भारतीय समकक्षीलाई बधाई, भने : म नजिक रहेर काम गर्न चाहन्छु



पहिलोपोस्ट

परिणाम पूरा नआउँदै प्रम ओलीको भारतीय समकक्षीलाई बधाई, भने : म नजिक रहेर काम गर्न चाहन्छु

काठमाडौं : भारतीय लोकसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्राप्त मतपरिणाममा भारतीय सत्तारुढ दल 'भारतीय जनता पार्टी' बहुमततर्फ अग्रसर भइरहेको छ।

यता, निर्वाचनको अन्तिम परिणाम नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने भारतीय प्रधानमन्त्रीलाई जितको बधाई दिइसकेका छन्।

'लोकसभा निर्वाचन २०१९ मा विजयी भएकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्मीय रुपमा बधाई ज्ञापन गर्न चाहन्छु,' प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, 'आगामी दिनमा सफल हुन शुभकामना। म भारतीय प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्न चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell