PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


कर कार्यालयलाई सुमार्गीको चेतावनी : एक वर्ष जेल पर्लाउ


पहिलोपोस्ट

कर कार्यालयलाई सुमार्गीको चेतावनी : एक वर्ष जेल पर्लाउ

काठमाडौं : अजय सुमार्गीको नेपाल सेटलाइट टेलिकम प्रालिले आन्तरिक राजश्व कार्यालयले मुद्दालाई प्रभावित पार्न खोजेको आरोप सहित विज्ञप्ति जारी गरेको छ।

विभागले नेपाल स्याटेलाइट बिक्रीमा ४ अर्ब ३२ करोड रुपैयाँ पूँजीगत लाभकर निर्धारण गर्दै पत्र काटेको थियो। पत्रका बिरुद्धमा सुमार्गीले विज्ञप्ति जारी गर्दै मुद्दा प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व टेलियासोनेरालाई बेच्दा भएको पुँजीगत लाभमा कर निर्धारण गरेको थियो।

एयरवेलले टेलियासोनेरालाई ५ अर्ब ७१ करोड रुपैयाँमा नेपाल स्याटेलाइटको शेयर बेचेको थियो। यसमा ५ अर्ब ६३ करोड ५० लाख ५० लाख रुपैयाँ पुँजीगत लाभ भएकोले त्यसको २५ प्रतिशत कर निर्धारण भएको कार्यालयले जनाएको छ।

यो कारोबारमा लाग्ने १ अर्ब ४० करोड रुपैयाँ कर तथा त्यसको दोब्बर जरिवाना र ब्याजसमेतर गरी वैशाख ३१ गते ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६८८ रुपैयाँ कर निर्धारणको पत्र जानकारी गराइएको थियो। सुरुमा कर कार्यालयको पत्र बुझ्न अस्वीकार गरे पनि नेपाल स्याटेलाइटले करको पत्र बुझी सर्वोच्च अदालतमा कर निर्धारण विरुद्ध मुद्दा दायर गरेको छ।

सुमार्गीको ६ बुँदे प्रष्टिकरणको अत्तिममा भनिएको छ - राजश्व कार्यालयबाट प्रेषित विज्ञप्तिमा हस्ताक्षर नभएको र अधिकारिकतामा प्रश्न गर्ने ठाउँ देखिँदा कहिँकतैबाट ह्याक भएको भन्ने हो भने त्यस्तो कार्यलाई खण्डन गर्नसमेत अनुरोध गर्दै अदालतसमक्ष दायर रहेको प्रस्तुत रिट निवेदनका सम्बन्धमा अन्तिम टुङ्गो नलागेसम्म अदालतसम्म विचाराधीन रहेको विषयमा प्रभाव पर्ने र पार्ने किसिमको कुनै पनि कार्य नगर्नु हुन सादर अनुरोध छ।

सुमार्गीले कर कार्यालयले आफ्नो गोपनीयताको हकमा धावा बोलेको भन्दै कर कार्यालयका हाकिमहरुलाई सजय हुने विषय पनि उठाएका छन्। उनले ८० हजार जरिवाना र १ वर्षसम्म कैद हुने चेतावनी करका हाकिमहरुलाई दिएका छन्।



कर कार्यालयलाई सुमार्गीको चेतावनी : एक वर्ष जेल पर्लाउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट