PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दोलखामा महिला मृत अवस्थामा फेला



दोलखामा महिला मृत अवस्थामा फेला

दोलखा: दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। 

घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए। 

मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell