PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बालबालिकालाई 'खुसीले भरिएको झोला'



बालबालिकालाई 'खुसीले भरिएको झोला'

काठमाडौं: ‘आर्ट अफ गिभिङ दिवस’दिवसमका अवसरमा निर्देशक दीपा बस्नेतले तारकेश्वर नगरपालिका गोलढुंगामा रहेको मातृ नेपाल अपांग संघको बालगृहमा आश्रितहरुलाई खाद्यान्न, स्टेसनरीलगायत सामाग्री प्रदान गरेकी छन्। 

बालबालिकालाई ‘खुसीले भरिएको झोला’ भन्ने थिममा स्कुल झोला वितरण गरिएको बस्नेतले बताइन्।

भारतको ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स’को सहयोगार्थ शुक्रबार कलिंगाकी नेपाल प्रतिनिधिसमेत रहेकी निर्देशक दीपासँगै व्यवसायी शैलेन्द्र तुलाधरले सहजीकरण गरेका थिए।
 
‘मातृ नेपाल अपांग गृह’ मा ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स’ ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको छ।
 
चलचित्र ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ निर्देशन गरेकी बस्नेत केही वर्षदेखि सामाजिक कार्यमा पनि सक्रिय छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell