PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

करिब ४० लाख हुन्डीको रकमसहित डेराबाट नै समातिए तीन युवक



करिब ४० लाख हुन्डीको रकमसहित डेराबाट नै समातिए तीन युवक

काठमाडौं: अवैध हुन्डीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत गौशला र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार चाबहिलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुनिल राई, अर्जुन राई र जगत खड्का रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ३९  लाख ८९ हजार  रुपैयाँ बरामद गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरुलाई विषेश सुचनाको आधारमा डेराबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले नेपालबाहेक भारत,चीन, अस्ट्रेलिया, दुबईलगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरेवापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुबै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्।

प्रहरीका अनुसार उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्। भारतमा सबैभन्दा विश्वासिलो र लोकप्रिय म्यासेन्जर ह्वाट्सएप। चीनमा विच्याट लोकप्रिय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell