PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजपा संयोजकमा अनिलकुमार झा



राजपा संयोजकमा अनिलकुमार झा
फोटो: facebook.com/anilkumar.jha

काठमाडौंः राष्ट्रिय जनता पार्टीको केन्द्रीय संयोजकमा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा तोकिएका छन्। पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार गर्ने समझदारी अनुरुप अनुलकुमार झा संयोजक बनेका हुन्। भोलि सोमबारदेखि लागु हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका हुन्।

६ वटा पार्टी मिलेर बनेको राजपामा लामो समय महन्थ ठाकुर संयोजक बनेका थिए। त्यसपछि दुई महिने कार्यकाल रहनेगरी चक्रीय प्रणालीबाट केन्द्रीय संयोजक तोक्न तालिएको थियो।

यसअघि नै राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतले केन्द्रीय संयोजकको जिम्मेवारी पाइसकेका छन्।


बिहिबार पार्टी कार्यालय बबरमहलमा संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठक उक्त निर्णय गरेको राजपाले जनाएको छ। बैठकले पार्टीको विधानसमेत संशोधन गर्ने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell