PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पत्रकार सम्मेलनमा नबोलेर आलोचित नरेन्द्र मोदी केदारनाथको गुफामा ध्यान बस्दै



पत्रकार सम्मेलनमा नबोलेर आलोचित नरेन्द्र मोदी केदारनाथको गुफामा ध्यान बस्दै
फोटो: ANI

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी प्रचारप्रसार पछि हाल उत्तराखंडमा छन्।

शुक्रवार लोकसभाको प्रचारप्रसारको अन्तिम दिन दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएर मोदी आज केदारनाथको दर्शन गर्न उत्तराखंड पुगेका हुन्। हिन्दुत्वको अभियान सहित राजनीतिमा सक्रिय मोदी औपचारिक प्रचारप्रसारबाट टाढा भए पनि मिडियालाई आफू केन्द्रित पार्न केदारनाथ पुगेका हुन्। भारतीय मिडियाले बिहानैदेखि केदारनाथमा मोदीका गतिविधिलाई प्रत्यक्ष प्रसारण गरिरहेका छन्। हिन्दु भोट बैंकलाई प्रभावित पार्न उनले राम मन्दिर बनाउने विषय चुनावी नारा बनाएका थिए अघिल्लो पटकको चुनावमा। मन्दिर बनाउने विषयमा कुनै प्रगति नभए पनि उनले हिन्दुको मत कब्जा गर्ने रणनीति जारी राखेका छन्। 

त्यसैको श्रृंखला हो, केदारनाथको दर्शन र त्यहाँको गुफामा ध्यान। उनी आज त्यहाँ पुगेर ध्यानमा बसिरहेका छन्।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर नदिएपछि मोदीको आलोचना भएको थियो।

प्रधानमन्त्री भएयता मोदी हाल सम्म कुनै पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन्। शुक्रवार भने पहिलोपटक पत्रकार सम्मेलनमा सहभागी भएता पनि मोदीले सबै उत्तर भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले दिनेछन् भनेर पन्छिएका थिए।

सामाजिक  संजालमा मोदी चुनावी आलोचनाबाट छुटकारा पाउन ध्यानमा बसेको भनेर टिप्पणी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell