PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ने क पा सचिवालय बैठकले टुङ्ग्यायो पोलिटब्युरो भागबण्डा



विधुर ढकाल

ने क पा सचिवालय बैठकले टुङ्ग्यायो पोलिटब्युरो भागबण्डा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पोलिटव्यूरोको भागबण्डा मिलाएको छ। ने क पाको बालुवाटारमा बसेको बैठकले भागबण्डा मिलाएको हो। बैठक अगाडि ने क पाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित वरिष्ठ नेता माधव नेपालले छलफल गरी पोलिटब्यूरोको भागबन्डालाई टुंग्याएका हुन्।

भागबण्डा अनुसार ने क पाको पोलिटव्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादी केन्द्रबाट ६६ जना गरी १ सय ४७ जनाको हुनेछ।

पोलिटव्यूरोमा स्थायी कमिटीका ४५ सदस्यहरु पनि रहने छन्। पूर्व एमालेबाट यसअघिको पोलिटब्यूरोमा रहेका ५९ जना परेका छन्। पूर्व एमालेबाट २२ जना नयाँ अनुहारले पोलिटव्यूरोमा स्थान पाएका छन्।

पूर्व एमालेबाट पोलिटव्यूरोमा पर्ने नयाँ अनुहारहरुमा केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी रहेको स्रोतले जनाएको छ। त्यस्तै सुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, जीवनराम श्रेष्ठ, गौरी ओलीलाई पनि सूचीमा राखिएको छ। त्यस्तै शेरबहादुर तामाङ, धर्मनाथप्रसाद साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी यो सूचीमा अटाएका छन्। विजय सुब्बा, केशवलाल श्रेष्ठ, बैजनाथ चौधरी, चूडामणि जंगली, नजिर मियाँ, रामचन्द्र यादव पनि सूचीमा परेका छन्।

त्यस्तै पूर्व माओवादी केन्द्रबाट पोलिटव्यूरोमा पर्नेहरुमा स्थायी कमिटीका सदस्यहरु बाहेक उर्मिला अर्याल, दिननाथ शर्मा, नारायण दाहाल, जयपूरी घर्ती, डिलाराम आचार्य, ओनसरी घर्ती रहेका छन्। त्यस्तै कुलप्रसाद केसी, विश्वनाथ साह, हितराज पाण्डे, प्रभु शाह, झक्कु सुवेदी, पूर्णकुमारी सुवेदी, शशी श्रेष्ठ पनि पोलिटव्यूरोको सूचीमा छन्। महेशस्वर दाहाल, सूर्यप्रसाद सुवेदी, रामचन्द्र झा, गणेशमान पुनलाई पनि सूचीमा राखिएको छ।

यशोदा सुवेदी, अमृता थापा, सावित्रीकुमार काफ्ले, रामचन्द्र झा, दिलिप प्रजापति, जोखबहादुर महरा, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, हरिराज अधिकारी, सुरेशकुमार राई, डिआर पौडेल, रेखा शर्मा, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, हितमान शाक्य, प्रह्लाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्मर काङवाङ पनि यो सूचीमा परेका छन्।

जनवर्गीय संगठनको भागबण्डा पनि मोटामोटी टुंगो लागेको छ। जसमध्ये युवाको नेतृत्व पूर्व माओवादी केन्द्र र विद्यार्थीको नेतृत्व पूर्व एमालेले लिने गरी सहमति जुटेको छ।

त्यस्तै महिलाको नेतृत्व पूर्वमाओवादी केन्द्रको भागमा पर्दा मजदुर संगठनको नेतृत्व पूर्व एमालेले पाउने छ। पत्रकारहरुको संगठनको नेतृत्व पनि पूर्व माओवादी केन्द्रको भागमा परेको छ। त्यस्तै बुद्धिजीवीको नेतृत्व पूर्व एमालेको भागमा परेको छ।

यसअघि नै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ। ने क पाका २२ वटा जनवर्गीय संगठन रहेका छन्। ने क पाभित्र जनवर्गीय संगठनसँगै केन्द्रीय विभाग, सम्पर्क मञ्चहरुको एकता हुन बाँकी छ। ने क पाले ३२ वटा विभाग रहेका छन्। त्यस्तै सम्पर्क मञ्चहरुको गठनसमेत हुन सकेको छैन। यता केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत हुन सकेको छैन।

भोलि ने क पाको पार्टी एकताको एक वर्ष पुग्दै छ। सोही अवसरमा जनवर्गीय संगठनको एकताको घोषणको तयारी भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell