PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कन्हैया कुमारको जीवनीमा वेब सिरिज बन्ने, सलमान खान मुख्य भूमिकामा



कन्हैया कुमारको जीवनीमा वेब सिरिज बन्ने, सलमान खान मुख्य भूमिकामा
फोटो: भास्कर

भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको जीवनीमा आधारित वेब सिरिज बन्ने भएको छ। सिरिजको नाम 'ताण्डव' हुनेछ।

भारतमा लोकसभा निर्वाचन भइरहेको र कन्हैया बेगुसरायबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा उनको जीवनका कथाहरु समेटेर डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गर्ने तयारी भएको दैनिक भास्करले उल्लेख गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीको आलोचक कन्हैया जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी संगठनका पूर्व अध्यक्ष हुन्।

कन्हैयाको भूमिकामा पहिला अक्षय कुमारले निर्वाह गर्ने बताइएको थियो। तर अली अब्बास जफरको निर्देशन रहने भनिएको 'ताण्डव'  वेब सिरिजमा अहिले भने सलमान खानले खेल्ने बताइएको छ।  

सलमानले पनि कन्हैयाको भूमिका खेल्न स्वीकृति दिइसकेको बताइएको छ।  

'ताण्डव' मा कन्हैयाको जेएनयु यात्रादेखि लोकसभा निर्वाचनसम्मको यात्रालाई देखाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell