PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुरानै ढर्रामा काठमाडौं प्रहरी प्रमुख : होटेलहोटेलमा छापा, १ सय २५ जना पक्राउ



पहिलोपोस्ट

पुरानै ढर्रामा काठमाडौं प्रहरी प्रमुख : होटेलहोटेलमा छापा, १ सय २५ जना पक्राउ

काठमाडौं : काठमाडौं प्रहरी प्रमुख भएपछि सबैभन्दा पहिले गर्ने कामको सूचीमा पर्छ गुन्डा पक्राउ र होटेलमा छापा।

महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाले लगत्तै प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पनि पुरानै ढर्रामा त्यही क्रम दोहोर्‍याएका छन्।

आइतवार प्रहरीले राजधानीका विभिन्न होटेल तथा सडकमा छापा मारी १ सय २५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले बसपार्क, गोंगबु, गौशाला, चाबहिल लगायतका क्षेत्रमा यौन व्यवासयमा सक्रिय रहेको भन्दै नियन्त्रणमा लिएको हो।

परिसरका डिएसपी होविन्द्र बोगटीले भने, ‘प्रहरीले आइतवारबाट नयाँ अप्रेसन सुरु गरेको हो। पहिलो चरणमा पुलमाथि यौनको बार्गेनिङ गर्ने र दोस्रो चरणमा होटेलमा छापा मार्नछौं।'

प्रहरीले नियन्त्रणमा लिएका अधिकांश युवक रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell