PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१३औं सागको लोगो र मस्कट सार्वजनिक



पहिलोपोस्ट

१३औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं : नेपालमा आगामी डिसेम्वरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट सार्वजनिक भएको छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमवार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा लोगो र मस्कट अनावरण गरेका हुन्।

सागको लागि लोगो बनाउनको लागि खुल्ला गरिएको आवेदनमा ६ जनाले लोगो बनाएर पठाएको र त्यसैबाट भोलानाथ पौड्यालको लोगो छनोट गरिएको सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जानकारी दिए।

लोगोमा शान्तिको प्रतिक परेवा र हिमाल तथा साग खेल्ने सात सदस्य देशलाई समेटिएको छ। जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने  लोगोको निर्माण गरेका भोलानाथले बताएका छन्।

यसैगरी मस्कटमा कृष्णसार को आकृति समावेश गरिएको छ। नेपालको पश्चिममा पाइने र संरक्षण गर्ने हिसावले कृष्णसारलाई मस्कटमा राखिएको जीवन राम श्रेष्ठले जानकारी दिए।

सागलाई राष्ट्रिय गौरवको खेलकुद आयोजनाका रुपमा लिइने मन्त्री सुनारले बताउँदै आएका छन्। डिसेम्बर १ देखि १० सम्म नेपालले विभिन्न प्रतिस्पर्धामा खेल आयोजना गर्दैछ। २७ खेलमा प्रतिस्पर्धा गर्ने तयारीसहित मन्त्रालयले आफ्नो काम तीब्र रुपमा अघि बढेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell