PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा प्रहरी परे कारबाहीमा



प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा प्रहरी परे कारबाहीमा
बौद्धमा प्रदर्शनकारीलाई प्रहरीले यसरी नियन्त्रणमा लिएको थियो। फाइल फोटो

काठमाडौं : बौद्धमा सडक पिच गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारीको सिक्री लुटेको आरोपमा एक प्रहरी कारबाहीमा परेका छन्। 

प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले कारबाही गरेको हो। प्रहरी जवान श्रेष्ठलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

‘हामीले समिति बनाएर अनुसन्धान शुरु गरिसकेका छौं। अहिले जवानलाई निलम्बन गरिएको छ,' एसएसपी सुवेदीले भने।

गत बिहीवार बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पारेका थिए। बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो  बन्द गरिएको थियो। 

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रदर्शनकारी नियन्त्रण लिने क्रममा लगाएको सिक्री लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ।'सिक्री चुडिएपछि फिर्ता दिनुपर्ने थियो। आफैसँग राखेर गल्ती गरेको देखियो,' एसएसपी सुवेदीले भने।

प्रहरीले आज विहान प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell