PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेटवर्किङ ठगी धन्दाः प्रेसिडेन्टको लोभमा एक करोड झ्वाम



पहिलोपोस्ट

नेटवर्किङ ठगी धन्दाः प्रेसिडेन्टको लोभमा एक करोड झ्वाम

काठमाडौँ: शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका भारतीय नागरिकले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैकको  लगायतको संयुक्त टोलीले सूचनाको शनिवार होटेलमा आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ जनालाई नियन्त्रणमा लिएको थियो। ‘अवैध नेटवर्किङ व्यवसाय गर्ने भन्दै ठगी गर्ने उदेश्यले नेपाल आएका भारतीयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ,‘ महानगरीय प्रहरी परिसरका एसएपी उत्तमराज सुवेदीले भने।

प्रहरीमा तीन जनाले मात्र ठगिएको उजुरी दिएका छन्। अन्य ठगिएका नेपालीको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा साइन ग्रुपका डाइरेक्टर रसिद नसिम,  मोहम्मद साइजिल, अजितकुमार सिंह, निरजकुमार मिश्र, अशोक कुमार, गिरिश उपाध्याय, रमेश राम, आयुश उपाध्याय, सुनिल उपाध्याय, कसिफ सकिल, गजेन्द्रकुमार सिंह, महेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ।

उनीहरूले होटेलको रुम लिएर लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए। करिब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएर आएको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरूले १२५० युएस डलर लगानी गर्ने भन्दै ठगी गरेका थिए। लगानी  गरेको रकम बाराबर नै दुबईमा रहेको कम्पनीमा खाता खोलिदिने र  थप रकम हाल्दिने, मासिक १५ प्रतिशत कमिसन समेत दिने प्रलोभन देखाएको एसएसपी सुवेदीले बताए।

उनीहरूले दुबईमा मुख्य कार्यालयको दाबी गरे पनि प्रहरीले भने कार्यालय नभएको जानकारी दिएको छ। जति धेरै सदस्य बनायो उति नै मुनाफा हुने प्रलोभन देखाउँदै ठगी गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। एउटै जिमेल आइडीबाट सय जनासम्म सदस्य बनाउन सक्ने र एक करोड रुपैयाँसम्म लगानी गर्ने व्यक्तिलाई प्रेसिडेन्टको पद समेत दिने आश्वासन देखाएको एसएसपी सुवेदीले बताए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell