PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नयाँ शक्तिका संविधानसभा सदस्य ने क पामा प्रवेश: केही दिनमै अर्को घोषणा - प्रचण्ड



नयाँ शक्तिका संविधानसभा सदस्य ने क पामा प्रवेश: केही दिनमै अर्को घोषणा - प्रचण्ड

काठमाडौं: जनमुक्ति पार्टीबाट दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य रहेकी सीमा विक ने क पा प्रवेश गरेकी छिन्। उनलाई पार्टीको मुख्यालय धुम्बराहीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टीमा स्वागत गरे।

संविधान निर्माणपछि जनमुक्ति परित्याग गरी विक नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। उनको प्रवेशसँगै नयाँ शक्ति पार्टी परिवर्तित संसदमा दुई सदस्य  भएको पार्टी भएको थियो। 

नयाँ शक्ति र फोरमबीच एकता पछि समाजवादी पार्टी गठन भएपछि ने क पामा प्रवेश गरेकी हुन्। उनले नयाँ शक्तिमा राम्रा एजेन्डा देखेर पसेको तर एजेन्डा कार्यान्वयन नभएको र कागजमै सिमित भएको आरोप लगाइन। उनलाई ने क पा प्रवेश गराउन गंगा चौधरीले पहल गरेकी थिइन्। चौधरी पनि संविधानसभा सदस्य हुन्। 

यो पनि: बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा

उनी थारुहट पार्टीको तर्फबाट संविधान सभामा सदस्य थिइन्। संविधान निर्माणपछि चौधरीको पार्टी नयाँ शक्तिमा विलय भएको थियो। चौधरी प्रतिनिधि सभा निर्वाचन अघि एमालेमा प्रवेश गरेकी थिइन्। परिवर्तित संसदमा यी दुईले नयाँ शक्तिको पनि प्रतिनिधित्व गरेका थिए।

यसैबीच ने क पाका अध्यक्ष प्रचण्डले अबको केही दिनमै पार्टी एकतासम्बन्धी अर्को घोषणा हुने बताएका छन्। उनले भने, 'आजमात्र एक कदम अगाडि बढेका छौं। केही दिनभित्रै तपाईहरुले लेख्न र प्रचार गर्न पाउनुहुनेछ।' ने क पाले पोलिटब्युरो केन्द्रीय सदस्यको कार्य विभाजन, जनवर्गीय संगठनको एकता जेठ ३ गते पार्टी एकता भएकै दिन घोषणा गर्ने तयारी गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell