PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शिल्पा पोख्रेलका लागि छवि ओझा लेख्छन् 'तिमी नै मेरो सुरुवात र अन्त'



पहिलोपोस्ट

शिल्पा पोख्रेलका लागि छवि ओझा लेख्छन् 'तिमी नै मेरो सुरुवात र अन्त'

काठमाडौैं: निर्माता छवि ओझाले शिल्पा पोख्रेलसँगको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे 'तिमीबाट मेरो जीवनको सुरु अनि अन्त'।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका शिल्पा र छविको बिहे भइसकेको कुरा फिल्म क्षेत्रको लागि नयाँ विषय होइन। उनीहरुले धेरै समय पहिले नै बिहे गरिसकेको फिल्म क्षेत्रमा चर्चा चल्ने गर्छ।

यद्यपि यी दुई आफ्ना सम्बन्धलाई लिएर मिडियामा मुख खोल्दैनन्। तर,अब यी दुई मिडियामा पनि खुल्ला हुन थालेका छन्।

छविले शिल्पासँगको प्रोफाइल तस्वीर राख्दै थप लेखेका छन् 'कसैले यसबारे केही भन्न चाहन्छ भने म सुन्न तयार छैन।'

उनैले शिल्पलाई फिल्ममा ब्रेक दिएका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell