PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राजपालाई सटर बन्द गर्न भन्दै उपेन्द्र यादवले भने : हामी मिल्यौं, अब हाँस्नेहरुको रुने दिन आयो



राजपालाई सटर बन्द गर्न भन्दै उपेन्द्र यादवले भने : हामी मिल्यौं, अब हाँस्नेहरुको रुने दिन आयो

काठमाडौं: पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष बनेका उपेन्द्र यादवले राजपालाई एकतामा आउन आह्वान गरेका छन्। आज संघीय समाजवाद पार्टी र नयाँ शक्ति पार्टीबीचको एकता घोषणासभामा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले राजपालाई एकतामा आउन आह्वान गरेका हुन्।

यादवले भने, 'राजपालाई एकतामा आउन आह्वान गर्छु। सानो सानो ठाउँमा सटर राखेर ग्राहक आउँछन् कि भनेर कुरेर बस्ने दिन गए। आउनुस एकतामा। राजपा जनमुक्ति परिवर्तनका पक्षधर सबैका लागि बनेको हो समाजवादी पार्टी।'

त्यसैगरी उनले फोरम छुट्यो भनेर खुसी हुनेहरुका रुने दिन आएकोसमेत दाबी गरे। भने, 'फोरम पनि छुट्यो मधेशको मुद्दा हराउने भयो। दलित जनजातिका मुद्दाहरु हराउने भयो भनेर कतिपयलाई दुःख पनि लाग्या होला। कतिपयलाई केही क्षणको खुसी होला। हिजो हामी छुट्टाछुट्टै लड्थ्यौँ। मधेसी जनजाति खसआर्यहरु अब सबै एउटा शक्ति भएर लड्न सुरु गर्यौँ।  
अब तराई लहानमा आन्दोलन भयो भने गोरखा चुप लागेर बस्दैन। धनकुटामा आन्दोलन हुँदा लहान सुतेर बस्दैन। अब काठमाडौंमा आन्दोलन भए पूरै देश आन्दोलित हुनेछ। अब हिजो खुसी हुनेहरु रुने दिन आयो।' 

कांग्रेस अबका दिनमा अघि बढ्न नसक्ने उल्लेख गर्दै यादवले कम्युनिस्ट कमाउनिस्ट भएको आरोप लगाए। भने, 'काँग्रेसको सुरुदेखि नै राजतन्त्र र बहुदल हो। अहिले देश गणतन्त्र भयो कांग्रेस स्टेशनबाट अगाडि बढ्न सक्दैन। हिजो हामी पनि कम्युनिस्ट थियौँ। हिजो उनिहरु पनि कम्युनिस्ट नै थिए अहिले कमाउनिस्ट भए। संसारमा कहिँ नभएको राजतन्त्र बोक्ने कम्युनिस्ट देखियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell