PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ



पहिलोपोस्ट

भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ

काठमाडौँः भारत लैजान लागिएको ठूलो परिणामको लागूऔषध प्रहरीले बरामद गरेको छ। प्रहरीले धादिङको गजुरीबाट ४७ किलो चरेश र ९७८ ग्राम अफिमसहित बझाङ भर भई हाल धनगढी उपमहानगरपालिका ४ बस्ने काल्चे बोहरालाई पक्राउ गरेको छ।

डीएल (3CAD) ७०८१ नम्बरको भारतीय गाडीमा लागूऔषध तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो।

गाडीको सिटमुनि फल्स बटम बनाइ चारवटा रातो रंगको प्लाष्टिक झोलामा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसार कसुरमा बोहरामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell