PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

जुट्ने भए उपेन्द्र यादव र बाबुराम भट्टराई, एकताका लागि सहमति



पहिलोपोस्ट

जुट्ने भए उपेन्द्र यादव र बाबुराम भट्टराई, एकताका लागि सहमति
फोटो : भट्टराईका सहयोगी विश्वद्वीप पाण्डेको फेसबुकबाट

काठमाडौः सङ्घीय समाजवादी पार्टीनेपाल र नयाँ शक्ति पार्टी बीच एकताका लागि सहमति भएको छ।

शनिवार विहान समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टिका सयोजक बाबुराम भट्टराई बीच भएको छलफलले एकता गर्ने निर्णय गरेको हो। शनिवार यादव र भट्टराई बीच आगमी २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा औपचारिक कार्यक्रम गरेर एकताको घोषणा गर्ने सहमति भएको हो। 

सहमति पत्रमा ‘समाजवादी पार्टी, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ,' उल्लेख गरिएको छ।

एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल' राख्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell