PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आइसीसी टी-२० क्रिकेट र्‍याङ्किङमा नेपालको फड्को, जिम्बावेभन्दा नेपाल अगाडि



पहिलोपोस्ट

आइसीसी टी-२० क्रिकेट र्‍याङ्किङमा नेपालको फड्को, जिम्बावेभन्दा नेपाल अगाडि

काठमाडौं: आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो।

आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको हो। आइसीसीले जारी गरेको र्‍याङकिङमा ८० देश सहभागी छन्। 

वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन्।

अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन्। अफगानिस्तान सातौ, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन्।

नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन्।

१४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो।
 
युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell