PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेइजिङमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान, पाँच फोटोमा हेर्नुस्

बेइजिङमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान, पाँच फोटोमा हेर्नुस्


काठमाडौं: चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजधानी बेइजिङमा राजकीय सम्मान प्रदान गरेको छ।

बेल्ट एण्ड रोड फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको आजदेखि चीनको राजकीय भ्रमण सुरु भएको छ। राष्ट्रपति भण्डारीलाई बेइजिङमा त्यहाँको जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।

आजै साँझ चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्धको विषयमा चर्चा भएको थियो। भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपालको एक चीन नीति प्रतिको प्रतिवद्धतालाई दोहोर्‍याउँदै नेपाली भूमि चीनको विरुद्‍धमा प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्‍याएकी थिइन्।

साथै भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell